२८ भदौ २०८३, आइतबार | September 13, 2026

वाईसीएल बाँकेका संयोजक आकाश कार्कीकी ८२ वर्षिया आमाको हत्या



नेपालगन्ज । सत्तारुढ नेकपा माओवादी केन्द्र निकट वाईसीएल बाँकेका संयोजक आकाश कार्कीकी ८२ वर्षिया आमाको विभत्स हत्या गरिएको छ । कोहलपुर नगरपालिका, ११ एकतानगरमा शनिवार बिहान मृत अवस्थामा फेला परेकी ८२ वर्षीया साउनी कार्र्कीको घरमा नै सुतीरहेको अवस्थामा विभत्स तरिकाले हत्या गरिएको हो । रगतपिच्छे अवस्थामा बृद्धा कार्कीको शव प्रहरीले बिहान मात्र फेलापारेको हो ।

प्रहरीले धारिलो हतियार प्रयोग गरेर ओछ्यानमा नै सुतिरहेको अवस्थामा हत्या गरिएको हुनसक्ने अनुमान गरेको छ । धाराको ह्याण्डीलले टाउकोमा हानेर कार्कीको हत्या भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले घटनास्थलको प्रकृति हेर्दा हत्या गरेको देखिएपनि हत्याको कारण बारे अनुसन्धान जारी रहेको बताए ।

हटनाको संलग्नाताको आशंकामा प्रहरीले कम्तीमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजानिक गरेको छैन ।

इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला प्रहरी कार्यालय बाँके र प्रदेश प्रहरी कार्यालय दाङको अनुसन्धान टोलिले घटनाको अनुसन्धान शुरु गरेको जनाईएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ३ : ०७ बजे

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

काठमाडौं । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदलको काभ्रेमा आवासीय बैठक

काठमाडौँ । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज

देउवा पक्षले छानेका जिल्ला प्रतिनिधिहरुले नै भने- ‘आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधिमा लाग्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप