१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

वाईसीएल बाँकेका संयोजक आकाश कार्कीकी ८२ वर्षिया आमाको हत्या



नेपालगन्ज । सत्तारुढ नेकपा माओवादी केन्द्र निकट वाईसीएल बाँकेका संयोजक आकाश कार्कीकी ८२ वर्षिया आमाको विभत्स हत्या गरिएको छ । कोहलपुर नगरपालिका, ११ एकतानगरमा शनिवार बिहान मृत अवस्थामा फेला परेकी ८२ वर्षीया साउनी कार्र्कीको घरमा नै सुतीरहेको अवस्थामा विभत्स तरिकाले हत्या गरिएको हो । रगतपिच्छे अवस्थामा बृद्धा कार्कीको शव प्रहरीले बिहान मात्र फेलापारेको हो ।

प्रहरीले धारिलो हतियार प्रयोग गरेर ओछ्यानमा नै सुतिरहेको अवस्थामा हत्या गरिएको हुनसक्ने अनुमान गरेको छ । धाराको ह्याण्डीलले टाउकोमा हानेर कार्कीको हत्या भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले घटनास्थलको प्रकृति हेर्दा हत्या गरेको देखिएपनि हत्याको कारण बारे अनुसन्धान जारी रहेको बताए ।

हटनाको संलग्नाताको आशंकामा प्रहरीले कम्तीमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजानिक गरेको छैन ।

इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला प्रहरी कार्यालय बाँके र प्रदेश प्रहरी कार्यालय दाङको अनुसन्धान टोलिले घटनाको अनुसन्धान शुरु गरेको जनाईएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ३ : ०७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम