काठमाडौं । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो । काठमाडौं घर भएका सन्तोष रोका, काठमाडौँ–१६ घर भएका रोजल महर्जन, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, ३१…