काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग बलम्बुमा पेस्तोलबाट गोली चल्दा एक जना घाइते भएका छन्। आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पड्किएर उनका आफ्नै बडिगार्ड घाइते भएको बताइएको छ। घाइते बडिगार्ड सिपाही…