१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नागढुंगा चेक प्वाइन्टबाट लागूऔषधसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले लागूऔषधसहित एकजना पक्राउ गरेको छ । शनिबार साँझ काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा चेक प्वाइन्टमा रौतहटको गौरबाट आउँदै गरेको ना७ख ४७४९ नम्बरको यात्रु बाहक बस चेकजाँच गर्ने क्रममा रौतहट इसनाथ नगरपालिका-९ बस्ने वर्ष २१ का सञ्जयकुमार महतो पक्राउ परेका हुन् । झोलाभित्र प्रतिबन्धित लागुऔषध लुकाई छिपाई ल्याएको डाइजेपाम ६ सय एम्पुल, फेनेरग्रयान…