१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

उपत्यका प्रहरीको कमाण्ड एआईजी दानबहादुर कार्कीलाई

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व अब एआईजी दानबहादुर कार्कीले गर्ने भएका छन्। यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा रहेका डीआईजी ओम रानालाई हटाइएपछि कार्कीलाई कमाण्ड दिइएको हो। गत १९ गते एआईजी टेकबहादुर तामाङ अवकाशपछि उपत्यका प्रहरी निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएको थियो। सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई उपत्यकामा पठाउने निर्णय गरेको हो।