२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कटुवा पेस्तोलसहित एकजना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-१३ श्रीलंका बस्ने २८ वर्षीय सरोज धानुकलाई १ थान कटुवा पेस्तोल र ४ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।