१६ असार २०८३, मंगलबार | June 30, 2026

१ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरीको भर्ना खुल्यो



काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले ठूलो संख्यामा निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गत भर्ना छनोट शाखाले बिहीबार सूचना प्रकाशित गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने जनाएको हो ।

सूचनाअनुसार निर्वाचन प्रहरी पदका लागि योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ । इच्छुक उम्मेदवारहरूले २०८२ पुस २५ गतेदेखि माघ १ गतेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं उपत्यकाका जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा दरखास्त बुझाउन सक्नेछन् । दरखास्त बुझाउने समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

निर्वाचन प्रहरीमा भर्ना हुन उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ । साथै सामान्य लेखपढ गर्न जान्ने, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, कुनै पनि राजनीतिक दलको सदस्य नभएको र शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने मापदण्ड तय गरिएको छ । उमेर हद दरखास्त दिने अन्तिम मितिसम्म कम्तीमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ ।

नेपाल प्रहरीले निर्वाचन अवधिभर मतदान केन्द्रको सुरक्षा, मतदाता र कर्मचारीको सुरक्षासहित शान्तिपूर्ण, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउने उद्देश्यले निर्वाचन प्रहरी भर्ना गर्न लागेको जनाएको छ । भर्ना भएका निर्वाचन प्रहरीलाई आवश्यक तालिम दिएर तोकिएका मतदान केन्द्र तथा संवेदनशील क्षेत्रमा परिचालन गरिनेछ ।

भर्ना सम्बन्धी विस्तृत जानकारी, आवश्यक कागजात र छनोट प्रक्रियाबारे सम्बन्धित प्रहरी कार्यालय वा नेपाल प्रहरीको आधिकारिक सूचनामार्फत जानकारी लिन सकिने प्रहरीले जनाएको छ ।

हेर्नुहोस सुचना

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ८ : १९ बजे

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राजधानी दैनिकका तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिकका

महान्यायाधिवक्ता कँडेल नेपाल-बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग