३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ

काठमाडौं। भुकम्प पीडितलाई राहात सामाग्री बोकेर नेपाली सेनाको टोली म्यान्मारतर्फ प्रस्थान गरेको छ। म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको हो । टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणहरु सहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु रहेको जनाईएको छ।