२८ असार २०८३, आइतबार | July 12, 2026

“प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ को गृहमन्त्रीले गरे शुभारम्भ



काठमाडौं । ‘साझा जिम्मेवारी समान प्रतिबद्धताः प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मुल नाराका साथ दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार आयोजित विशेष समारोहबीच गृहमन्त्री रमेश लेखकले पानसमा दीप प्रज्वलन गरी उक्त सम्मेलनको उद्‍घाटन गरे ।

समारोहमा गृहमन्त्री लेखकले नेपाल प्रहरी संगठनमा आवद्ध भई संगठनलाई अझ गौरवान्वित बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रथम महिला प्रहरी चैतमाया डंगोल, अवकाश प्राप्त प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापा, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा र प्रहरी नायव निरीक्षक जुनी राईलाई सम्मानपत्र प्रदान गरे ।

सो अवसरमा उनले सम्मेलन विशेषाङ्कको विमोचन गर्नुका साथै सम्मेलनको ब्यानरमा हस्ताक्षर तथा महिला प्रहरी सम्बन्धी गीतको शुभारम्भ समेत गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले यस सम्मेलनको शुभारम्भले लामो इतिहास बोकेको नेपाल प्रहरी संगठनको लागि आजको दिन ऐतिहासिक तथा उपलब्धिमूलक बनेको चर्चा गर्दै यस सम्मेलनको पूर्ण सफलताको कामना समेत गरे । साथै, समारोहमा सम्मानीत हुने व्यक्तित्वहरूले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै त्यस्ता प्रदर्शित भूमिकाहरूले संगठनमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको लागि प्रेरणा, उत्साह एवम् मार्गनिर्देशन समेत प्रदान गर्ने विश्वास व्यक्त गरे ।

गृहमन्त्री लेखकले समाजले महिला र पुरूषलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै आजका दिनमा महिला दिदी बहिनीहरूले गरेका साहसिक तथा प्रेरणादायी कार्यहरूले अन्धविश्वास तथा परम्परालाई तोड्दै महिला पनि पुरूष भन्दा अगाडि छन् भन्ने कुरा स्थापित गर्न सफल भएको उल्लेख गरे ।

सुरक्षित समाज निर्माणमा महिलाहरूको भूमिका विशिष्ट हुने चर्चा गर्दै नेपाल प्रहरीमा पनि महिला प्रहरी कर्मचारीहरूले प्राप्त गरेका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आइरहेको उनले बताए । समानता, सशक्तिकरण एवम् सम्भावनाका विषयहरूमा महिला प्रहरी कर्मचारीहरूलाई विशेष ढंगले प्रोत्साहित गर्ने तथा अवसरहरू प्रदान गर्ने कुरामा विशेष ध्यान दिई अगाडि बढ्नुपर्नेमा उनको जोड रहेको छ।

गृहमन्त्री लेखकले समाजमा यौनजन्य घटनाहरू अत्यन्तै तीव्र रूपमा बढि राखेको तथा लागूऔषध, सवारी दुर्घटना, आत्महत्या र साइबर अपराध चुनौतिका रूपमा देखा पर्नुका साथै यस्ता अपराधहरूबाट सबै भन्दा बढि महिला तथा बालबालिका पीडित हुने बताउँदै यस्ता अपराधहरूको न्यूनीकरण तथा नियन्त्रणमा महिला प्रहरीको उपस्थिति अझ बढि प्रभावकारी हुने बताए  ।

समारोहमा न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, महान्यायाधिवक्ता रमेश वडाल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सम्मेलनको महत्व र औचित्यबारे चर्चा गर्दै आ९आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै लैङ्गिक समानता र लैङ्गिक न्यायलाई  मूलप्रवाहिकरण गर्ने उद्देश्य राखी नेपाल प्रहरीले शुभारम्भ गरेको यस सम्मेलन ऐतिहासिक रहेको उल्लेख गरे ।

प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीमा महिला प्रहरीको उपस्थितिलाई केवल संख्या र तथ्याङ्कमा मात्र प्रस्तुत गर्ने भन्दा पनि महिला प्रहरीको प्रभावकारी, गुणात्मक र नेतृत्वदायी सहभागितालाई विशेष जोड दिइएको बताउँदै महिला प्रहरीको सशक्तिकरणमा केन्द्रीत यस ऐतिहासिक सम्मेलन ज्ञान, प्रेरणा र परिवर्तनको संवाहक हुने विश्वास व्यक्त गरे ।

लैङ्गिक समानता र लैंङ्गिक न्यायलाई मूलप्रवाहिकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ को कार्यनीतिको कार्य योजनामा केन्द्रीय स्तरमा उक्त सम्मेलनको आयोजना गरिएको हो ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  ३ : ३५ बजे

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,

मनसुन सक्रिय : केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले