नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित नेपालगन्ज कारागारमा क्षमताभन्दा तेब्बरभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुको स्वास्थ्य तथा सुरक्षाको जोखिम बढेको छ । क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी हुँदा उनीहरुको स्वास्थ्यमा समस्या देखिन थालेको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाह बताउँछन् । “कैदीबन्दीलाई शौचालय जान पनि समस्या हुने गरेको छ”, उनले भने, “अत्यधिक भीडका कारण कैदीबन्दीको दैनिकी दुरूह बन्दै गएको…