२० माघ २०८२, मंगलबार | February 4, 2026

बाँठपाला विद्यालय : जहाँ शिक्षक र विद्यार्थी सबै ‘दलित’ मात्रै छन्

बझाङ । बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ । खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ । त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद्यालय । बाँठपाला विद्यालय ३५ वर्षअघि स्थापना भएको हो । स्थापना कालमा कखरा सिक्ने १० जनामध्ये दुई जनाले मात्रै एसएलसी पास गरे । बाँकी तीन, चार, पाँच कक्षा…