बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रबिधियुक्त फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका अत्याधुनिक अल्ट्रासाउण्ड डायग्नोस्टिक सेवा संचालनमा आएको छ । निदान अल्ट्रासाउण्ड डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका उपकरण सञ्चालनमा ल्याएको हो।
१६ वर्षदेखि सेवा दिँदै आएको संस्थाले नयाँ प्रविधिका उपकरणहरु भित्राएको जानकारी दिएको छ । नयाँ उपकरणको माध्यमबाट गर्भावस्थामा शिशुको अवस्था, महिलासम्बन्धी समस्या तथा कलेजोको परीक्षण थप प्रभावकारी हुने जनाइएको छ ।
वरिष्ठ रेडियोलोजिस्ट डा. राजेन्द्र खनालले समयमै रोग पहिचान गर्न थपिएका उपकरणहरु सहयोगी सिद्ध हुने अपेक्षा गरे । उनले रोगका पहिचान गर्न नियमित परीक्षण आवश्यक रहेको उल्लेख गर्दै डायग्नोस्टिक परिणाम थप विश्वसनिय र प्रभावकारी बनाउन नयाँ उपकरणहरु जडान गरिएको जानकारी दिए ।
नयाँ उपकरणहरुका लागि मात्र निदान अल्ट्रासाउण्ड डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले साढे दुई करोड रुपैयाँभन्दा बढी लगानी गरेको जनाएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व कार्यकारी प्रमुख समेत रहिसकेका डा खनाललले दुर्गम क्षेत्रमा निःशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन गर्दै दूरदराजका स्वास्थ्यकर्मीलाई प्राविधिक ज्ञानसमेत प्रदान गर्दै आएका छन्। उनले स्वास्थ्य सेवा सुधारका लागि नीतिगत कार्यान्वयन र चिकित्सकीय इमानदारी आवश्यक रहेको बताए ।
















प्रतिक्रिया