काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा। मदन उपाध्यायले जानकारी दिनुभयो । जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषको अन्त्येष्टि भने भइसकेको छ…