गण्डकी । कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। चाँदीझैँ टल्कने हिमशृङ्खला, हरियाली वनजङ्गल र ढुङ्गाले छापिएका घरहरू यहाँको मुख्य आकर्षण हो । प्रकृतिकसँगै ऐतिहासिक महत्वको यो गाउँ नेपालका बाइसे चौबीसे राजका पालादेखि अस्तित्वमा रहेको बताइन्छ । गाउँ माथिको कोत (कोट)मा तत्कालीन समयमा राजाहरूको…