काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने जनाएको छ । कोषले बालाचतुर्दशी पर्वका अवसरमा जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफैँ बसेर बत्ती बाल्नेका लागि कुनै शुल्क नलाग्ने बताए । बत्ती बालेर हिँड्न चाहनेका लागि कोषले…