२४ भदौ २०८३, बुधबार | September 9, 2026

स्वास्थ्य सजगतामा सचेत बन्दै खजुरा



खजुरा । बाँकेको खजुरा गाउँपालिकाका स्थानीयबासीमा स्वास्थ्य सजगता बढ्दै गएको पाइएको छ । पालिकाको स्वास्थ्य शाखाले आज गरेको एक कार्यक्रममा सुचकाङ्कका आधारमा स्वास्थ्य सजगता बढ्दै गएको पाइएको हो ।

हरेक वर्ष स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यसंस्था आउने सख्यामा बृद्धि हुनु, स्वास्थ्य संस्था वा प्रसुति गृहमा बच्चा जन्माउन आउने सुत्केरीको संख्या बढ्नु, ९० प्रतिशत बढी बालबालिकाहरु सबै खोपको पहुँचमा पुग्नु, कुपोषणको संख्या ३ प्रतिशत भन्दा कम हुनु जस्ता सुचकाङ्कले खजुरामा स्वास्थ्य सजगता बढ्दै गएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

पालिकाको स्वास्थ्यको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गर्दै खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले सुचकाङ्कका आधारमा खजुराको स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताइन् । उनले गर्ववती महिलालाई स्वास्थ्य संस्थामा जाँच गर्न आउने संख्या बढ्दै गएको बताउँदै घरमा बच्चा जन्माउने प्रचलन करिव अन्त्य हुने अवस्थामा पुगेको बताइन् । खजुराको मधेसी समुदाय बाहुल्य रहेको ५, ६, ७ र ८ मा बिशेष स्वास्थ्य कार्यक्रम चलाईएको जनाउँदै जनचेतनामूलक कार्यक्रम पनि ति वार्डहरुमा संचालनमा रहेको उनले बताइन् ।

कार्यक्रमको उदघाटन गर्दै खजुरा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्लले सबैको सहभागिताले मात्र स्वास्थ खजुराको योजना साकार हुने बताइन् । उनले जनचेतनामा सञ्चारको भुमिका अग्रणी हुने उल्लेख गर्दै सम्पूर्ण नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउन सञ्चारकर्मीबाट पालिकाले सकारात्मक अपेक्षा गरेको बताइन् ।

पालिकाले दिएको तथ्यांक अनुसार मधेसी बाहुल्य ३ वडा गाउँमा मात्र बालबालिकामा रक्त अल्पताको प्रतिशत ४२ रहेको छ । खजुरामा ४६ प्रतिशत गर्भवतीले मात्र ८ पटक गर्भ परीक्षण गर्ने गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो १० महिनामा मात्र खजुरामा २० वर्ष मुनीका १३ जनाले गर्भपतन गराएका छन् भने २३५ जनाले सुरक्षित गर्भपतन गराएका छन् । पालिकाले जेष्ठ नागरिकहरुको घरघरमै स्वास्थ्य मरीक्षण र दिर्घ रोगीहरुलाई निशुल्क औषधी उपलब्ध गराउने गरेको शाखा प्रमुख केसीले बताइन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : २३ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४