काठमाडौं । नेपालले बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि सहयोगस्वरुप प्राप्त गरेको छ । गत मंसिर १ गतेबाट लागू हुने गरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गर्ने मन्त्रालयको मन्त्रीस्तरीय निर्णय कार्यान्वयनमा यस औषधिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । प्राप्त औषधिहरु भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर…