१२ बैशाख २०८१, बुधबार | April 24, 2024

लुम्बिनी प्रदेश राजधानी भालुवाङमा होटल पौवा संचालनको अन्तिम तयारीमा

बुटवल । लुम्बिनी प्रदेश सरकारले एक वर्षभित्र प्रदेशका सबै मन्त्रालयहरु स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा सार्ने घोषणा गरेसँगै दाङको भालुवाङ आसपासमा होटल क्षेत्रमा लगानी बढ्न थालेको छ । बिगतमा साना तथा मध्यमस्तरका होटलहरु संचालनमा रहेका भालुवाङमा पछिल्लो समय स्तरीय होटलहरु पनि बन्न थालेका छन् । भालुवाङको पाखापानीमा बनेको होटल पौवा प्रदेश राजधानीकै पहिलो स्तरीय होटल…