काठमाडौं । यस वर्षको बडा दसैंको टीका शुभसाइतमा लगाइएको छ । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको हो । रातो टीकालाई शुभ साइतको प्रतीक मानिन्छ । बिहान ११ बजेर २ मिनेट जाँदा घरघरमा आफन्तजनको हातबाट टीका लगाइएको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ…