बुटवल । नयाँवर्षको स्वागत संगै पर्यटन प्रवर्द्धनका लागि भन्दै बुटवलमा साईकल र्याली गरिएको छ । युनाईटेड साईक्लिङ क्लबको आयोजना र भाना प्लसको नेपालको आधिकारीक आउटलेट हिमालयन ईन्टरियर प्रालिको प्रायोजनमा आज बुटवलमा साईकल र्याली गरिएको हो । र्यालीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले साईकल चलाएर शुभारम्भ गरे । सो अवसरमा बोल्दै नगरप्रमुख खाणले पर्यटन प्रवद्र्धनमा साईक्लिङलाई…