नेपालगन्ज । भेरी अस्पताल, नेपालगन्जले आफ्नो स्थापनाको १३५ औं वार्षिकोत्सव आज मनाउँदैछ । देशकै जेठो अस्पताल मध्यको पहिचान बनाएको भेरी अस्पतालले विशेष कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन थालेको हो । भेरीमा हाल जनरल सेवासंगै क्याथ ल्याब, न्यूरो सर्जरी सेवा, स्पाइनल इन्जुरी सेवा, अर्थरोस्कोपी, तथा जोर्नी प्रत्यारोपण सेवा, ग्यास्ट्रो सर्जरी, यूरो सर्जरी, सिकलसेल एनिमिया, थालसेमियालगायतको उपचार सेवा…