१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

बाँकेमा जेल भित्रै आइसोलेसन, कोरोना नदेखिएका कैदीबन्दीलाई दैलेख र बर्दिया सारियो

नेपालगन्ज । बाँकेमा सुरक्षाकर्मी, कैदीबन्दी र कारगार आसपासमा पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि कोरोना पुष्टि नभएका महिला कैदीबन्दी र थुनुवालाई दैलेख र बर्दिया जिल्ला कारागारमा सारिएको छ । बाँके कारागारमा क्षमता भन्दा अधिक कैदीबन्दी र थुनुवाको चाप रहेको तथा कारागार भित्रै संक्रमण भेटिएपछि कारागारमा रहेका महिला कैदीबन्दी र थुनुवाहरुलाई अन्यत्र जिल्लामा सारिएको हो…