हेटौंडा । ऐतिहासिक मकवानपुरगढी नयाँ पर्यटकीय गन्तव्य बनेको छ । पर्यटकीय गन्तव्य बनाउनका लागि पर्यटन पूर्वाधारका काम धमाधम भैरहेको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बूढीचौरमा दुई करोड ५० लाखको लगानीमा ऋषेश्वर गुफा तथा खुडेधार विस्तारको कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकार तथा मकवानपुर गाउँपालिकाको संयुक्त लगानीमा त्यहाँ पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ…