३ श्रावण २०८३, आइतबार | July 19, 2026

भोटो प्रदर्शनसँगै सकियो यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा

ललितपुर । वर्षा, सहकाल र समृद्धिका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा आज भोटो प्रदर्शन (भोटो जात्रा) भएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ । नेपालको सबैभन्दा लामो तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण जात्राका रूपमा परिचित यो जात्रा तिथिअनुसार करिब दुई महिनासम्म मनाइने गरिन्छ । गत वैशाख ८ गते ललितपुरको पुल्चोकबाट सुरु भएको रथयात्रामा रातो…