काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले समर्पण, मानवता, सहिष्णुता र परोपकारको सन्देश बोकेको बकर इद (इद–उल–अजहा)ले धार्मिक तथा सांस्कृतिक सद्भावलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन् । इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व बकर इद ९इद–उल–अजहा०का अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वले आपसी एकता, भ्रातृत्व र सामाजिक सहकार्यको भावना अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस्…