नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र निरन्तर पुनर्गठनको लामो यात्राले भरिएको छ। यही आन्दोलनले नेपालको राजनीतिक संरचना परिवर्तनमा निर्णायक भूमिका खेलेको तथ्य इतिहासमा दर्ज छ। तर समयको एउटा विडम्बना यस्तो पनि आयो - कुनै समय राष्ट्रिय राजनीतिमा सबैभन्दा शक्तिशाली बनेको कम्युनिस्ट आन्दोलनको प्रमुख धारमध्ये एक आज चौथो शक्तिमा सीमित भएको छ।…