२० मंसिर २०८२, शनिबार | December 6, 2025

मिलन (भाग-३)

कमलाको प्रस्तुतीपछि लोकेशनका बारेमा विशालदाईले जिज्ञासा उकास्नु भयो । मैले आद्योपान्त सबै सुनाएँ,आफ्नो जीवनचक्र............आदि । अनि भनेँ–“रुढान्ध सामाजिक र सांस्कारिक मान्यतालाई चिरेर जीवन र जगतको नयाँ वस्तुगत धरातल निर्माणतिर हामी जुट्यौं । यो हाम्रो सामाजिक क्रान्ति थियो, सैद्धान्तिक अध्ययनको व्यवहारिक रुप, हाम्रो अन्तरजातीय विवाह हो दाजु ।” त्यस पश्चात विशाल दाईको ओजस्वी उद्गार यस्तो थियो–“वैवाहिक…