१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

मिलन

खोला वारि–पारी कमला र मेरो गाउँ । वीचमा बर्षा ऋतुमा कहिलेकाँहि उर्लिए पनि अधिकांशतः सुतेको जंङघारे खोला । गाउँको सामाजिक सम्बन्धको माध्यम– घट्ट, माछा र नातागोलाको बाक्लै । हाम्रो पारिवारिक सम्बन्ध, मालिक र बालिघरे मिजारको रुपमा पुस्तैनी । फलामे ज्याभलहरु–कोदालो,कुटो, फरुवा, खुकुरी आदि निर्माण, सिप बन्धकी मात्र नभएर मौसमी कृषि पाटामा उनको हलोसंग कुस्ती खेल्नु…