काठमाडौं । सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेकाे छ । बैठक दिउँसाे १ बजे बस्दैछ । संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेकाे सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएकाे छैन, सत्तासीन कांग्रेसका नेताहरुले कार्यसूचीमा एमसिसी थपिने प्रतिक्रिया मंगलबार नै दिएका थिए । कांग्रेसकाे मंगलबार सम्मपन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसीसीलाई संसदमा टेबल गर्नुपर्ने…