१५ भदौ २०८३, सोमबार | August 31, 2026

एकीकृत समाजवादीले संसदबाट एमसीसी अनुमोदन हुन नदिने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेवल भए पास हुन नदिने बताएको छ ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले संशोधन बिना एमसीसी पास हुन नदिने बताएका हुन् ।

‘एमसीसी पास हुँदैन र पास गराउँदैनौं । पास गर्ने वातावरण पनि बन्न दिदैनौं,’ एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले भने, ‘हाम्रो पूर्ववत अडान यथावत छ । संशोधन विना एमसीसी पास हुनै सक्दैन ।’

प्रतिनिधिसभा बैठक बुधबार बस्दै छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबारको बैठकमा एमसीसी टेवल गर्ने तयारी गरिरहेको छ ।

कांग्रेसको मंगलबार विहान बसेको संसदीय दलको बैठकले पनि एमसीसी अनुमोदनको लागि प्रतिनिधिसभा बैठकमा टेवल गर्न सहमति दिएको छ ।

यसैसिलसिलामा सत्तारुढ गठबन्धनमा रहेको एकीकृत समाजवादीले भने एमसीसी पास हुने वातावरण बन्न नदिने बताएको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १ : ३९ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,