काठमाडौं । निर्वाचन आयोगले कार्यकारिणी समितिको टाउको गनेर आधिकारिकता दिने संकेत पाएपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आयोगले बोलाएको आधकारीकताको सनाखत रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । आयोगले आफूले हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको सनाखत गर्न बोलाउने निर्वाचन आयोगको निर्णय रोक्न जसपा महन्त पक्ष अदालत पुगेका हुन् ।…