काठमाडौ । केही दिनयता तैनाथ गरिँदै आएका दंगा प्रहरी सर्वोच्च अदालत परिसरबाट हटाइएका छन् । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा विरुद्ध नेपाल बार एशोसिएसनको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको हो । एसएलआरजस्ता अत्याधुनिक हतिायरसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध पनि जनाउँदै आएको थियो । नेपाल बारले…