१५ बैशाख २०८१, शनिबार | April 27, 2024

एमाले कार्यविभाजन : ओली र पोखरेललाई समग्र पार्टी, बादललाई राष्ट्रिय सुरक्षा



काठमाडौं । नेकपा ९एमाले०ले पदाधिकारीहरुको कार्यविभाजन गरेको छ । आइतबार भक्तपुरस्थित गट्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्यविभाजन गरेको हो ।

केन्द्रीय कमिटीमा मनोनयन, पोलिटव्युरो र स्थायी कमिटी चयन गरेको आजको बैठकले नेताहरुको कार्य विभाजन गरेको हो । जसअनुसार अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको कार्यविभाजन तोकिएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

यस्तो छ पदाधिकारीको कार्यविभाजन

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
उपाध्यक्ष युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
उपाध्यक्ष रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा
उपाध्यक्ष विष्णु पौडेल : पार्टी संगठन अनुगमन
उपाध्यक्ष सुवास नेम्वाङ : संसदीय अनुगमन
उपाध्यक्ष सुरेन्द्र पाण्डे : राजकीय मामिला
महासचिव शंकर पोखरेल : समग्र पार्टी
प्रदीप ज्ञवाली : स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग
विष्णु रिमाल: आर्थिक लेखा लगायत
योगेश भट्टराई : स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख
भीष्म अधिकारी : कार्यालय सचिव
खगराज अधिकारी : संगठन विभाग

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : १९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग