काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचन आज हुदै छ । आजको उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् । दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनको भने तयारी पूरा भएको छ ।…