१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

मुलुक निर्माणको मुख्यभार जेनजी पुस्ताकै काँधमा आएको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी पुस्ताले थालेको पछिल्लो अभियानले नेपालभित्र मात्र होइन, विश्वभर बसेका नेपालीहरूलाई समेत उद्वेलित पारेको बताएका छन्। शनिबार पेरिसडाँडामा वाईसीएल नेपालले आयोजना गरेको ‘जेनजीसँग नेकपा’ कार्यक्रममा नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै उनले भने, “जेनजी युवाहरूको आन्दोलनले देशलाई हल्लाइदियो। यसले नयाँ चेतना र ऊर्जातर्फ अगाडि बढ्न प्रेरित मात्र…