८ बैशाख २०८३, मंगलबार | April 21, 2026

सरकारका ‘असंवैधानिक काम’को प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

काठमाडौं । पाँच विपक्षी गठनबन्धनले ओली सरकारले गरेका सबै 'असंवैधानिक क्रियाकलाप'को प्रतिवाद गर्ने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बिहान बसको गठबन्धनको बैठकले ओली सरकारले गरेका सबै 'असंवैधानिक कदम'बारे विज्ञप्ति निकालेर राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकले सरकारले प्रतिनिधिसभा विघटन गरी अध्यादेशमार्फत बजेट ल्याएर संविधानको उल्लंघन गरेको निस्कर्ष निकालेको…