७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

एमाले कार्यदल बैठक सिंहदरबारमा, विवाद समाधानका लागि तयार पारिएको ड्राफ्टमा छलफल



काठमाडौं । पार्टीभित्रको विवाद समाधान गठन गठित नेकपा एमालेको कार्यदलको बैठक सुरु भएको छ।

एमालेको संस्थापन पक्ष र माधवकुमार नेपाल पक्षबीच पार्टी फुटकै स्तरमा देखिएको विवाद मिलाउन गठन भएको कार्यदल बैठक केहीदिनयता लगातार बस्दै आएको छ । शुक्रबारको बैठक बस्नुअघि एमालेको दुई पक्षका सदस्यहरुले अनौपचारिक छलफल गरेका छन् ।

बिहीबार साँझ ओली पक्षका कार्यदल सदस्य विष्णु पौडेल मन्त्रिपरिषद् बैठकमा भाग लिन गएपछि कार्यदल बैठक केही बेर बसेर आज बस्ने गरी स्थगित भएको थियो । बिहीबार माधव पक्षका नेता घनश्याम भुसालले १० दिनदेखि कुनै प्रगति हुन नसकेको बताएका थिए ।

तर, कार्यदलले ड्राफ्ट तयार पारेर विवादको संक्षेपीकरण गर्दै पाँचवटा बुँदामा केन्द्रित गरेको बताइएको छ । कार्यदलमा सहमति भए अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वार्ता हुने त्यसपछि संयुक्त विज्ञप्ति समेत जारी हुने अपेक्षा दुवै पषका कार्यदल सदस्यहरुले गरेका छन् ।

माधव पक्षले अध्यक्ष ओलीले गत फागुन २८ यता एकलौटी रुपमा गरेका सबै निर्णय खारेज गर्नुपर्ने माग गरिरहेको छ । यस्तै ओली पक्षले विनाशर्त सरकारको समर्थन र वचाउ गर्नुपर्ने, पार्टीको निर्णय मान्नुपर्ने शर्त राखेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १ : १० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल