काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकार विरुद्धको आन्दोलनका थप कार्यक्रम र संगठन निर्माणबारे छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको नेकपाले पार्टी औपचारिक रुपमा फुटिसकेका कारण देशभरको संगठन विस्तारलाई केन्द्रित गर्नेगरी रणनीति बनाउन लागेको हो । प्रचण्ड–नेपाल…