७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रचण्ड-नेपाल नेकपाले काठमाडौं केन्द्रित आन्दोलन सशक्त बनाउने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  नेकपाको प्रचण्ड-माधव पक्षले संगठन विस्तारलाई सुदृढ बनाउँदै आन्दोलनलाई सशक्त बनाउने भएको छ ।

बिहीबारबाट सुरू भएको  स्थायी कमिटी बैठकले काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउन जनपरिचालन गर्ने निर्णय पनि गरेको छ ।

नेकपाको कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टी संगठनलाई सुदृढ बनाउने र प्रतिगमन विरूद्धको आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको हो । बैठकले पार्टी एकीकरणका बाँकी कार्यभारलाई पनि छिट्टै पुरा गर्ने गरी योजना बनाउने भएको,छ ।

बैठकले काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउन जनपरिचालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा आगामी आन्दोलन कसरी अघि बढाउने, संगठन ब्यबस्थापन, कार्यकर्ता भेला, निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका कामको बारेमा छलफल गर्ने एजेन्डा रहेको बैठकपछि अध्यक्ष माधव नेपालले जानकारी दिए ।

अध्यक्ष नेपालले ओली पक्षले निर्वाचन आयोगलाई आफ्नो दावी सहित पत्र बुझाउनुको कुनै अर्थ नरहेको प्रतिक्रिया पनि दिएका छन् ।

बिहीबारको बैठकमा नेकपाका प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा रिपोटिङ गरेका थिए । बैठक भोलि शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ८ : २१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११