काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस नोट जारी गर्दै जसपाको निर्णयलाई कुण्ठाग्रस्त गालीगलोज र दिवालियापन भन्दै निन्दा गरेका छन् । थापाले ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र…