काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसदमा स्वीकृतिका लागि रहेको भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर नियमित विधेयक ल्याउने सहमति भएको छ । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक…