८ बैशाख २०८३, मंगलबार | April 22, 2026

चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुनस्स्थापना हुने सुस्पष्ट संकेत गरेको राप्रपा नेपालको ठहर

काठमाडौं । राप्रपा नेपालले २५ गतेको जनप्रदर्शनले अब चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुनस्स्थापना हुने सुस्पष्ट संकेत गरेको ठहर गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जनताले यथास्थितिमा परिवर्तन खोजेको तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र देशभित्रै रोजगारीको सिर्जना जनताको चाहाना भएको उल्लेख…