२८ असार २०८३, आइतबार | July 12, 2026

एकीकृत समाजवादीको बाँके अध्यक्षमा दीपक जीएम



नेपालगन्ज । दीपक जिएमको अध्यक्षतामा ५३ सदस्सीय जिल्ला कार्यसमिती सर्वसम्मत निर्वाचित गर्दै नेकपा एकीकृत समाजबादी बाँकेको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । यसअघि जिल्ला सचिव रहेका जीएम आठौं जिल्ला अधिवेशनबाट जिएम सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

यस्तै उपाध्यक्षमा शिव प्रसाद डाँगी र करिश्मा योगी, सचिव तेज प्रसाद अधिकारी तथा उपसचिवमा टेकेन्द्र मल्ल, प्रेमिका शाही र मकबुल खान चयन भएका छन् । ५३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतरूपमा चयन भएको प्रचार विभाग सचिव कुशल दलामीले जानकारी दिए ।

जिल्ला अध्यक्ष ईन्द्र बहादुर थापाको अध्यक्षता अध्यक्षतामा आयोजित अधिवेशनमा एकीकृत समाजवादीका पार्टी महासचिव घनश्याम भुसाल प्रमुख आतिथिकारुपमा उपस्थित थिए ।

अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले एमाले हाँगा बिनाको पार्टी भएको टिप्पणी गरेका थिए । उनले केपी ओली प्रधानमन्त्री हुनु नै देशका लागि दुर्दशा भएको बताएका थिए । भुसालले गणतन्त्रमा कर्मचारी भ्रष्ट भएको र कर्मचारी भन्दा ठुला भ्रष्टहरु राजनीति गर्ने ब्यक्ती रहेको समेत टिप्पणी गरे ।

अधिवेशनमा प्रतिनिधिसभा सदस्य एवं पार्टी केन्द्रीय उपमहासचिव मेटमणि चौधरी, केन्द्रिय सचिव सोम प्रसाद पाण्डे, पोलिटब्युरो सदस्य एवं बाँके इञ्चार्ज अब्दुल हुसेन खाँ, केन्द्रीय सदस्य एवं सह–इञ्चार्ज नारायणी ओलीलगायतले सम्बोधन गरेका थिए ।

नवनिर्वाचित कमिटीलाई महासचिव भुसाल तथा निर्वाचन मण्डल अध्यक्ष खाँले पद तथा गोपनियताको सपथ ग्रहण गराएको निर्वाचन मण्डल सदस्य अम्मर राज खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १० : ३४ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै