काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २ मा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको जनाएको छ । सो पार्टीका केन्द्रीय प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै रुपन्देही–२ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारमा कुनै सत्यता नभएको जानकारी दिए…