काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्। प्रचण्ड र नेपाल शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवास पुगेर कोइरालासँग भेटवार्ता गरेका हुन्। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था, वर्तमान सत्ता समीकरण तथा…