काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सामाजिक रूपमा विद्यमान वर्गीय सङ्घर्षको न्यूनीकरणका लागि आफ्नो पार्टी समाजवादको बाटोमा रहेको बताएका छन् । पार्टी निकट एकीकृत ट्रेड युनियन महासङ्घद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले जनताको आर्थिक विकासका लागि वर्गीय विभेदको अन्त्य गरी समानता, सामाजिक न्याय कायम गर्न समाजवाद मार्गदर्शक रहेको बताए ।…