४ पुस २०८२, शुक्रबार | December 19, 2025

लिङ्देन विरुद्ध राप्रपामा मोर्चाबन्दी, हात्तिसारमा इतर समुहको बैठक

काठमाडौं। राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र कलह चुलिएको छ । अध्यक्ष लिङदेनको मनोमानी विरुद्ध भन्दै संस्थापन इतर समूहले अलग्गै बैठक गरेका छन। सोमबार हात्तीसार, कमलादीस्थित नेपाल हाउसमा उनीहरूले अलग्गै भेला गरेका हुन् । सो बैठकमा वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेको नेतृत्वमा उपाध्यक्ष (पदमुक्त भएका) मुकुन्द श्याम गिरी, महामन्त्रीद्वय डा. धवलशमशेर राणा र…