काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा यथासिघ्र निर्वाचन प्रक्रिया सुरु गर्न माग गर्दै नाराबाजी भएको छ । महाधिवेशन प्रतिनिधिहरुले निर्वाचन प्रक्रिया सुरु गर्न र महामन्त्री गगन थापालाई सभापति बनाउनुपर्ने भन्दै नाराबाजी गरेका हुन् । मधेस प्रदेशका प्रतिनिधिहरूले थापालाई सभापति बनाउन माग गर्दै सुरु गरेको नाराबाजीमा अन्य प्रदेशका प्रतिनिधिहरुले पनि ताली बजाएर समर्थन गरेका छन्…