१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पैसा कमाउने उपाय उपभोक्ता समिति या जागिर मात्र होइन: मुख्यमन्त्री शाही



कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले श्रमभित्र आम्दानी रहेको भन्दै श्रम गर्न सबैलाई आह्वान गरेका छन् । आम्दानी गर्न र गरिबी हटाउन श्रम गर्नुपर्नेमा जोड् दिँदै मुख्यमन्त्री शाहील पैसा कमाउने उपाय उपभोक्ता समिति या जागिर मात्र हो भन्ने धारणा त्यागेर आफूसंग भएको जमीन र सीपको सदुपयोग गरे मात्र गरिबी उन्मूलन हुन सक्ने बताए ।

‘कर्णालीमा व्यवसायिकता विकास तथा समृद्धि’ विषयक प्रदेशस्तरीय छलफलमा बोल्दै उनले गरिबी अन्त्य गर्ने निर्णय गरि कार्यान्वयन गर्न सक्ने क्षमता स्थानीय जनतामा रहेको बताए । सरकारले लगानीकर्ता भित्र्याउन सहयोग गर्नुपर्नेमा समेत उनले जोड् दिए ।

‘फुलका माला भारतबाट आयो, हामीले पैँसा पनि भारततिरै पठायौँ ।’ मुख्यमन्त्री शाहीले भने– ‘पैसा भारत पठाउने अनि गरिबी हटाउने कुरा गर्ने? हाम्रा पुर्खाहरु भोका थिएनन्, नांगा थिएनन्, तर अहिले हामी झनझन गरिब हुँदै गएका छौं ।’ पुँजीबादी व्यवस्थाले असिमित आवश्यकता भित्र्याएको औँल्याउँदै उनले ती सबै माग पूरा गर्न नसकिने बताए ।

यस्तै, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले विभिन्न कोषहरुले सञ्चालन गरेका कार्यक्रमहरुको समिक्षा गर्न जरुरी रहेको बताए । गरिबी निवारणका लागि भएका कार्यक्रमहरुलाई स्थानीय सरकारले नै हेर्नुपर्नेमा उनले जोड् दिए । उनले योजना तथा कार्यक्रम बनाउँदा गरिबसम्म पुगे÷नपुगेको विषयमा ख्याल गर्न पनि स्थानीय तहहरुलाई निर्देशन दिए ।

शनिवार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख-उपप्रमुखलगायत अन्य सरोकारवाला निकाय संग व्यावसायिकता विकासका विषयमा छलफल गरिएको छ । छलफलमा सहभागी सरोकारवालाहरुले गरिबी निवारण गर्नका लागि आर्थिक समानता कायम गर्नुपर्नेमा जोड् दिएका छन् । ९९ प्रतिशत मानिसको सम्पत्ति १ जनाले ओगटेको अहिलेको अवस्थालाई अन्त्य गर्दै आर्थिक समानता कायम गर्न सकेमा गरिबी अन्त्य हुने उनीहरुको भनाई छ ।

कर्णाली प्रदेशमा कुल जनसंख्याको ५१ प्रतिशत गरिबीको रेखामुनी रहेको तथ्याङ्क छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ६ : २० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा