३ चैत्र २०८२, मंगलबार | March 18, 2026

अफगानिस्तानसँग नेपाल ६ विकेटले पराजित, छनोट हुने आशा अझै बाँकी



जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अफगानिस्तानले पहिलो जित दर्ता गरेको छ।

नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले ६८ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो।

अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले नटआउट ५२ रन जोडे। रहेमत शाहले ४६, मोहमद नावीले ३४, जाभेद अहमेदीले २६ तथा कप्तान रसिद खानले २१ रन बनाए।

त्यसअघि जिम्बावेस्थित बुलावायो स्पोर्टिङ क्लबमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो।

नेपालका लागि कप्तान पारस खड्काले ७५ रनको अर्धशतकीय पारी खेले। ८२ बलको सामना गर्दै पारसले १० चौका र १ छक्का प्रहार गरे।

यस्तै, दीपेन्द्रसिंह ऐरीले ३२(४१ बल) रन जोड्दा ३ चौका र १ छक्का प्रहार गरे। आरिफ सेखसँगै ज्ञानेन्द्र मल्लले समान २३ रन जोडे। अनिलकुमार साह ७, सोमपाल कामी ९,रोहितकुमार पौडेल १ र करण केसी ६ रनमा आउट भए।
अफगानिस्तानका मोहम्मद नाबीले ४ विकेट लिए। १० ओभर बलिङ गरेका नाबीले ३३ रनमात्रै खर्चे। यस्तै रासिद खानले ३ तथा सफुर जर्दानले २ र मुजिब युर रहमानले १ विकेट लिए।

यसैबीच नेपालको अघिल्लो चरण प्रवेश सम्भावना अझै बाँकी छ। अन्तिम खेलमा सोमबार हङकङलाई फराकिलो अन्तरमा हराउन सके नेपाल, अफगानिस्तान र हङकङमध्ये रनरेटका आधारमा छनोट हुने सम्भावन बाँकी रहन्छ।

यो समूहबाट स्कटल्याण्ड र जिम्बाम्बे सुपर सिक्समा पुग्नेछन् भने बाकी ३ टिम मध्ये अन्तिम खेलमा नेपालले हङकङलाई हराए रनरेटका आधारमा सुपरसिक्स पुग्ने सम्भावना कायमै रहेको छ।

नेपाल र हङकङ बीच सोमबार खेल हुनेछ। १ जित हाँसिल गरिसकेकोले हङकङले नेपाललाई पराजित गरे उ सुपर सिक्स चरण पुग्नेछ भने नेपालले हङकङलाई पराजित गरेको खण्डमा नेपाल, अफगानिस्तान र हङकङको समान २ अंक हुनेछ र अंकतालिकामा उत्कृष्ट हुने टिम सुपर सिक्स प्रवेश गर्नेछ।

तर नेट रन रेट निकै कमजोर रहेको नेपालले हङकङलाई ठूलो अन्तरले पराजित गरे पनि सम्भावना कम रहेको छ। नेपालको नेट रन रेट -१५४६ रहेको छ भने अफगानिस्तानको ०.०३८ र हङहङको -१.२४६ छ। यस कारण नेपालको सुपर सिक्स पुग्ने सम्भावना लगभग समाप्त भएको छ।

अनुमानित हिसाबमा यदी नेपालले हङकङलाई १५०-२०० रन अन्तरले पराजित गर्ने हो अथवा हङकङले दिएको लक्ष्य १५-२० ओभरमा पुरा गर्ने हो भने मात्र नेपालले अफगानिस्तानलाई नेट रनरेटमा जित्न सक्छ र सुपर सिक्स छनोट हुन सक्छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ६ : २३ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड